एनपिएल टी–२० क्रिकेट लिगका लागि पोखरा एभेन्जर्स तयार

पाेखरा | भदौ २८, २०७९

एनपिएल टी–२० क्रिकेट लिगका लागि पोखरा एभेन्जर्स तयार

 

पोखरा । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले प्लेयर स्वायड सार्वजनिक गरेको छ । 

 

पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख रहेका छन् भने शरद भेषावकर पनि पोखराबाटै खेल्नेछन् । पोखराका अन्य खेलाडीहरुमा  कुशल मल्ल, प्रतिस जिसी, आरिफ शेख, तुलबहादुर थापा, विसन विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी रहेका छन् ।

 

विदेशी खेलाडीहरुमा पाकिस्तानी विकेट किपर व्याट्स्म्यान मोहम्मद हाफिज, पाकिस्तानकै सलमान इर्साद तथा श्रीलंकन खेलाडीहरु निरोशान डिक्वेला, शेहन मधुशंका जस्ता दिग्गज खेलाडीहरुलाई पोखरा एभेन्जर्सले आफ्नों टिममा अनुबन्धन गराएको छ । सुवोध त्रिपाटी र आतिस ज्ञवालीको वर्नशिपमा रहेको यो टिम मेण्टरमा भारतका पूर्वखेलाडी सन्दीप पाटिल रहेका छन् । प्रतियोगिता आगामी असोज ८ देखि कार्तिक ५ गते सम्म टियु खेल मैदानमा हुनेछ । 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्